काठमाण्डाै – अस्ट्रेलियासँगको चाैथाे टेस्ट क्रिकेटको पहिलो पारीमा तेस्रो दिनको खेल सकिँदा भारतले ९ विकेट गुमाएर ३ सय ५८ रन बनाएको छ । भारत अझै १ सय १६ रनले पछि छ ।
भारतका नीतीश कुमार रेड्डी १ सय ५ रन बनाएर क्रिजमा छन् । टेस्ट क्रिकेटमा उनको यो पहिलो शतक हो । भारतले २ सय २१ रन बनाउँदा ७ विकेट गुमाएको थियो । आठौं विकेटका लागि नीतीश कुमार र वाशिङ्गटन सुन्दरले १ सय २७ रनको साझेदारी गर्दै उत्कृष्ट प्रदर्शन गरे । वाशिङ्गटन ५० रन बनाएर आउट भए ।
यसअघि भारतका यशस्वी जयसवाल ८२, विराट कोहली ३६, ऋषभ पन्त २८, केएल राहुल २४ रनमा आउट भए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए ।
यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक तथा साम कोन्स्टास, उस्मान ख्वाजा, मार्नुस लाबुशेनले अर्धशतक बनाए । भारतका जसप्रीत बुमराहले ४ विकेट लिए । पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा १–१ को बराबरी छ ।
प्रतिकृया दिनुहोस