धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थी विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरूले प्रदेश सभाको प्रदेश सभामा ढुङ्गा-मुडासमेत प्रदर्शन गरेका हुन्। विद्यार्थीहरुले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले आन्दोलनरत दुई जना बिद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन लागू हुनुभन्दा पहिले स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करार सेवामा नियुक्त भएकाहरूका लागि ऐन लागू भएपछि पहिलो पटक मात्र प्रदेश लोकसेवा आयोगले उनीहरूबिच मात्र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने’ भन्ने व्यवस्था विधेयकमा उल्लेख छ।यस व्यवस्थाले सीमित कर्मचारीलाई मात्र अवसर दिने भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन चर्काएका छन्। उनीहरूले प्रदेशसभा अगाडि तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै विधेयक पुनरावलोकन गर्न माग गरेका छन्।
सुदूरपश्चिम प्रदेशसभाको दसौँ अधिवेशनबाट दफावार छलफलका लागि गत साउन २९ गते उक्त विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको थियो। समितिले २८ वटा बैठक गरी प्रतिवेदन तयार पारेपछि सो प्रतिवेदन सभामुख भीमबहादुर भण्डारीलाई बुझाएको छ। विधेयक पारित भएमा स्थानीय तहका सयौँ करार तथा अस्थायी कर्मचारीहरू स्थायी हुने कानुनी बाटो खुल्नेछ, जसले समान अवसरको सिद्धान्तमाथि असर पर्ने विद्यार्थी संगठनहरूको भनाइ छ। विवादित विधेयकलाई परिमार्जन गर्ने बताइएको छ।
प्रतिकृया दिनुहोस