काठमाण्डौको नागार्जुनबाट ६५ तोला सुनसहित १ जना पक्राउ

छिनोफानो   बिहिबार २३, माघ २०८२ १२:१३

काठमाण्डौ – प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका–६ महांकालबाट बाँके घर भएका प्रेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनले गएको मंगलवार बौद्धका रिन्जी लामाको घरबाट एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका प्रहरीको भनाइ छ । काठमाण्डौका विभिन्न ठाउँमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति नागार्जुन क्षेत्रमा पुगेको थियो ।

पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर पक्राउ गरिएको प्रहरी जनाएको छ । घटनामा एक जना प्रहरी हवल्दार पनि सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको छ । पछिल्लो समय काठमाण्डौमा शृङ्खलाबद्ध चोरीका घटना बढेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु