काठमाण्डौ – हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ ।
हिजो तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ६ सय २० रुपैयाँले घटेको छ । चाँदी ६ सय २० रुपैयाँले घटेर तोलाको ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।
हिजो चाँदी तोलाको ५ हजार ६ सय रुपैयाँ थियो । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस