सुदूरपश्चिम भ्रमणमा आउँदै प्रधानमन्त्री ओली

छिनोफानो   आइतबार २५, फागुन २०८१ ११:०४

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम भ्रमणमा आउने भएका छन्।

उनले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि पहिलो कार्यकालमा पनि प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गरेका थिए।

त्यसैगरी, ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्, जहाँ एक हजार तीन सय ७७ जना विद्यार्थी दिक्षित हुँदैछन्। उनले धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न सिटी हलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु