विद्युत व्यवस्थापनकाे समस्या छिट्टै समाधान हुने प्राधिकरणको भनाइ

छिनोफानो   बिहिबार ११, बैशाख २०८२ ११:१६

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले अहिले विद्युत व्यवस्थापन गर्न कठिन भएको र छिटै सुधार हुने बताएको छ ।

प्राधिकरणले सूचना निकालेर गर्मीयाम शुरू भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको जनाएको छ ।

नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवम् भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकोले अहिले देखिएको समस्या छिट्टै समाधान हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणका अनुसार सुक्खा मौसममा नदीनालाको बहाव कम भएकोले जलाशय र सौर्य उर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ ।

अहिलेको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र अहिले अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ ।

नपुग बिजुली भारतबाट आयात गरेर आपूर्ति गर्ने गरिएको छ । तर गर्मीयाम शुरू भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणले जनाएको छ । भारतमा आईपीएल खेल भइरहेकाले पनि माग बढेको प्राधिकरणको भनाइ छ ।

अहिले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोडसेडिङ भइरहे पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु