धनगढी । कञ्चनपुरमा जीप र माेटरसाईकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा से १ च १४०५ काे जीप र म २ प ३५०६ काे माेटरसाईकल ठाेक्किएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा माेटरसाइकल चालक र पछाडि सवारकाे घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।
उनकाअनुसार दुवैकाे शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । दुवै जनाकाे परिचय खुल्न बाँकी छ ।
प्रतिकृया दिनुहोस