सुनको भाउ तोलाको १ लाख ९९ हजार ४०० पुग्यो

छिनोफानो   बिहिबार १२, भदौ २०८२ ०१:४८

काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार रुपैयाँ थियो । यस्तै चाँदी १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु