सुनचाँदी भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

छिनोफानो   बुधबार ०८, असोज २०८२ ११:२७

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ थियो ।

आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार सात सय रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ८० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु