सुनचाँदीको भाउमा लगातार रेकर्ड : तोलाको २ लाख ३९ हजार नाघ्याे

छिनोफानो   बिहिबार २३, असोज २०८२ ११:२२

काठमाण्डाै – लगातार बढिरहेको सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनकाे भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि शुक्रवारदेखि सुनकाे भाउमा कीर्तिमान बन्दै आएकाे छ । 

त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु