युवा पुस्ताको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्छ:प्रधानमन्त्री कार्की

छिनोफानो   शुक्रबार २४, असोज २०८२ ०३:०३

काठमाडौं।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले सुरु गरेको राजनीतिक क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताए।

जेन-जी आन्दोलनको एक महिना पुगेको स्मरणमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले युवाले उठाएका माग र भावनालाई गम्भीरतापूर्वक आत्मसात गर्न सबै राजनीतिक दल र नेतृत्व जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ।यो क्रान्ति पछाडिको कारणलाई गम्भीरतापूर्वक लिनुपर्छ।हाम्रा युवाहरुको बलिदानपछि राजनीतिक र आर्थिक सुधार, विधि र न्यायको शासन, तथा भ्रष्टाचार र बेथितिको अन्त्यको तीव्र चाहना रहेको छ।

उनले विगतका सरकारहरूले युवाहरूका आवाज सुन्न र माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै सबैले आफ्ना कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताए।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको चाहना र बलिदानको सम्मान गर्दै नयाँ मार्गमा अघि बढ्ने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो।उनले आन्दोलनका क्रममा घाइते र पीडितका लागि विशेष उपचार तथा राहत कार्यक्रम ल्याइएको र उनीहरूको दीर्घकालीन कल्याणका लागि थप संयन्त्र बनाउने तयारी भइरहेको बताए।

भ्रष्टाचार, बेरोजगारी र विभेद जस्ता समस्याहरू अन्त्य गर्न राजनीतिक तथा प्रशासनिक सुधार अघि बढाइने उल्लेख गर्दै उनले भविष्यको नेपाल निर्माणमा जेन–जी पुस्तालाई अर्थपूर्ण रूपमा सहभागी गराइने आश्वासन दिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु