राष्ट्रिय सभा सदस्यका लागि मतदान शुरु

छिनोफानो   आइतबार १२, माघ २०८२ ११:२१

काठमाण्डौ – राष्ट्रिय सभामा आउँदो फागुन २० देखि रिक्त हुने पदका लागि आज मतदान भइरहेको छ । १९ पद रिक्त हुन लागेकोमा एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेको र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी १७ पदका लागि अहिले बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान शुरु भएको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान केन्द्र रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै ठाउँमा मतदान चलिरहेको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै गणना थाल्ने आयोगको तयारी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु