काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधान गर्न भएको पहिलो चरणको वार्ता सकिएको छ । वार्ताका विषयलाई आ-आफ्नो समूहसँग छलफलमा गरेपछि फेरि बैठक बस्ने गरी पहिलो चरणको वार्ता सकिएको हो ।
सहमति जुटाउनको लागि दुवै पक्ष अधिकतम लचक रहन तयार रहेको बैठकको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताले भने, ‘सहमतिको प्रयास हुँदैछ, पहिलो चरणको वार्ता सकियो, अब आ-आफ्नो नेताहरूलाई यहाँको विषयवस्तु ब्रिफिङ गरेपछि धारणा तय गरेर फेरि बस्ने कुरा भएको छ।’
वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण, शेखर कोइराला पक्षबाट बद्री पाण्डे र जीवन परियार सहभागी थिए । विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।
प्रतिकृया दिनुहोस