काठमाण्डौ – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने उहाँले बताउनुभएको छ ।
उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । अहिले उहाँ रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरको चुनावी अभियानमा हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस