धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले कैलाली–५ लाई विकास, सेवा र सुशासनको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता व्यक्तगरेका छ्न ।
चुनावी प्रचारप्रसारका क्रममा उनले आफू गफ गर्न नभई विकास गरेर देखाउने उद्देश्यका साथ मैदानमा उत्रिएको हुदा विजयी भए देशकै नमुना क्षेत्र बनाउने उद्घोष गरेका हुन ।
चुनावी घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार आलेले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, नदिकटान तथा रोजगारी सिर्जनालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए। “जनताले वर्षौँदेखि आधारभूत सेवाबाट वञ्चित हुनुपरेको अवस्था अब अन्त्य गरिनुपर्छ,” उनले भने, “म भाषण गर्न होइन, जनताको जीवन बदल्ने काम गर्न आएको हुँ।”
उनले निर्वाचन जितेपछि ग्रामीण सडक स्तरोन्नति, विद्यालय तथा स्वास्थ्य चौकीको पूर्वाधार सुधार, सुरक्षित खानेपानी र कृषि सिँचाइ विस्तारलाई पहिलो चरणमा अघि बढाइने योजना रहेको जानकारी दिए।
साथै युवालाई स्वरोजगार बनाउन साना देखि ठुला उद्योग संचालन, सीपमूलक तालिम र स्थानीय स्रोतमा आधारित उद्योग प्रवर्द्धन गरिने प्रतिबद्धता जनाए । त्यसैगरी उनले दलित, आदिवासी, जनजाति, सुकुम्बासी, भूमिहीन तथा मुक्तकमैया बस्तीलाई विशेष प्राथमिकतामा राखेर विकास कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत जनाएका छन् ।
उम्मेदवार आलेले जनताको विश्वास र समर्थन प्राप्त भए कैलाली–५ लाई विकास, सेवा र सुशासनको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाइने दाबी गरे। जनताको मत नै मेरो शक्ति हो,” उनले भने,जनताको चाहना अनुसारको विकास मेरो पहिलो कर्तव्य हुनेछ त्यसैले यो निर्वाचन केवल प्रतिनिधि चयनको मात्र नभई विकास र समृद्धिको बाटो रोज्ने भएकाले सबै मतदातालाइ आफ्नो चुनाव चिन्ह तारामा मतदान गर्न समेत अपिल गरे ।
प्रतिकृया दिनुहोस