सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित

छिनोफानो   मङ्गलबार २२, पुष २०८२ १२:५०

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । 

आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन । सभा भवन मर्मतपछि केही दिन अगाडिबाटमात्रै प्रदेश सभाको बैठक पुनः सुरु भएको थियो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु