रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

छिनोफानो   सोमबार २७, माघ २०८२ १०:४२

धनगढी: नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो । कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु