सरकारी जागिर तथा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गर्ने एक युवक पक्राउ

छिनोफानो   आइतबार १५, चैत २०८२ ०९:२५

 कैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने जस्ता प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ घर भएर कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बस्दै आएका ३३ वर्षीय तुलाराम कोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९ डीएसपी० योगेन्द्र तिमिल्सिनाले बताए ।
तिमिल्सिनाकाअनुसार कोलीलाई जिप्रकाको टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीकाअनुुसार उनीमाथि अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भइसकेको छ ।
अहिलेसम्मको विवरणअनुसार एक करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको प्रारम्भिक पाईएको कैलाली प्रहरीले जनाएको छ । बाँकी कुरा भने अनुसन्धानका क्रममा खुल्ने प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु