“झल्ली न क्या राम्या”सार्वजनिक (भिडियो सहित)

छिनोफानो   मङ्गलबार १०, चैत २०८२ ०१:३१

धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका ६ मा जन्मनु भएका डेउडा गायक राम प्रसाद भण्डारी राम्याको  डेउडा ठाडी भाका“झल्ली न क्या राम्या”  गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक भण्डारीको आफनै युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा  लय र शब्द स्वर  राम प्रसाद भण्डारीको रहेको छ ।  प्रवासमा बसेर गीत सङ्गीत तर्फ आफ्ना कदमहरू अगाडी बढाउँदै आएका गायक भण्डारीले यो ठाडी भाका समाजमा रहेको यथाथ कुराहरूलाई गीत मार्फत चित्रण गरेका छन ।  

मुकेश परियारको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा अभिनय राम प्रसाद भण्डारी ,दिला भण्डारी,गोविन्द सोडारी र निर्मला सोडारीको रहेको छ  ।

उक्त ठाडी भाका विशेष रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको हो । पछिल्लो समय गीत सङ्गीतमा प्रवासबाटै अमूल्य योगदान गरिरहनु भएका भण्डारी भारतको राजकोटमा बस्दै आएका छन । दर्जन बढी गीतहरूमा आफ्नो स्वर दिई सकेका भण्डारी भन्छन् अझै सोचे अनुसार गर्न सकेको छैन । मलाई भ्युज होइन दर्शकले सबै परिवार बसेर हेर्न मिल्ने गीत बनाउनु छ । गीत सङ्गीत तर्फको पछिल्लो अवस्थामा चलिरहेको छाडापन लाई गायक भण्डारी भन्छन् यस्ले सस्कृती माथि असर परिरहेको छ ।

 हामी ससैले सस्कृती जोगाउन लाग्नु पर्छ उनले भने । आगामी दिनमा पनि आफ्ना गीतहरू बजारमा आउने तयारीमा रहेको बताउँदै उनी भन्छन् सबैले माया गरिदिनु होला सुझाव सल्लाह दिनुहोला मलाई अगाडी बढ्न सहज हुनेछ ।

(भिडियो सहित)

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु