गायक नेत्र रावल भन्छन् : ‘म तेरो साईँ हुनु’ (भिडियो सहित)

छिनोफानो   सोमबार ०९, चैत २०८२ ०३:३८

धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका १२ बिर्कुमा जन्मनु भएका डेउडा गायक नेत्र रावलको  डेउडा  एल्बम ‘म तेरो साईँ हुनु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विगत लामो समय देखि प्रवासमा बसेर डेउडा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रावलको यो ११ औ एल्बम हो ।

यो गीतमा चर्चित गायिका शोभा थापाले उनलाई स्वरमा साथ दिनु भएको छ  । २०४४ बैसाख १३ मा मंगलसैन नगरपालिका १२ बिर्कुमा जन्मनु भएका गायक रावलले प्रवास मै बसेर डेउडा क्षेत्रमा सङ्घर्ष गरिरहनु रहेका छन । उनले हाल सम्म दर्जन गीतहरू बजारमा ल्याई सकेका छन ।  भरखरै मात्र बजारमा आएको गीत म तेरो साईँ हुनु गीतमा  विजय थापामगरको लय तथा शुर्दशन थापाको शब्द रहेको छ । विशेष रेकर्डिङ स्टुडियो बाट रेकर्ड भएको उक्त गितले माया प्रेममा रहेका जोडीहरूको प्रेम कहानीलाई उजागर गरेको छ ।

  आफूले पहिलो गीतको रूपमा कोही छैन साहारा बोलको ठाडी भाका बजारमा ल्याएको बताउँदै उनले भने सो गीत थोरै भए पनि दर्शकको माया पाएपछि आफूले देउडा गीत प्रति अझै रुचि बढेको बताए । आफू सानै उमेर देखि गीत सङ्गीत प्रेमी भएको बताउँदै रावलले भने सानै उमेरमा त सपना पुरा गर्न सकिन अहिले प्रवासमा भए पनि आफ्नो सपना र चाहाना पुरा गरेको छु । अरूले गाएका गीतहरू सुन्दा गाउने रहर जागेको बताउँदै रावल भन्छन् “मैले आफ्नो रहर पुरा गर्न प्रदेश आउनु पर्‍यो ।”

पारिवारिक परिस्थितिले आफूले चाहेको समयमा गीतहरू गाउन नसके पनि अहिले जीवनको आधा उमेर पुगेर भए पनि मैले मेरो रहर पुरा गर उनले भने  । चर्चित निर्देशक रबी आउँजीको निर्देशन,छायाङ्कन,र सम्पादनमा रहेका  यो गीतमा अभिनय प्रशान्त सिंह , पार्वती साँउद  र लोकेश रावलको रहेको छ । उक्त गीत विशेष फिल्मबाट बजारमा आएको छ ।

(भिडियो सहित)   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु