ब्राईटवे पब्लिक स्कुल धनगढीको २५ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

छिनोफानो   शुक्रबार ०८, फागुन २०८२ ०६:२६

धनगढी । धनगढीमा पछिल्लो समय आफनो छुट्टै पहिचान बनाउन सफल ब्राईटवे पब्लिक स्कुल धनगढीको २५ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न  भएको छ । शुक्रबार धनगढीको रिद्धी सिद्धि पार्टि प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

ब्राईटवे पब्लिक स्कुलका प्रधानाध्यापक  कुवेरजीत साँउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना रहनु भएको थियो भने विशिष्ट अतिथी बिद्यालयका सस्थापक अध्यक्ष सुवास शाहि र  प्याब्सन धनगढीका नगरकमिटी अध्यक्ष  अथिती धुब्र बहादुर सिह रहनु भएको थियो । धनगढी स्थीत बिभिन्न बिद्यालयका प्रतिनिधीहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख अतिथी रानाले शिक्षा क्षेत्रको बिकासका लागी ब्राईटवे पब्लीक स्कुलले गरेको काम निकै उत्कष्ट रहेको बताईन । उनले बिद्यालयले शैक्षिक देखि अतिरिक्त क्रियाकलापमा समेत राम्रो गरेकोमा बिद्यालय परिवारलाई धन्यबाद समेत ब्यक्त गरिन ।

कार्यक्रममा विद्यालयका प्रअ कुवेर जीत साउँदले  सबै अभिभावकहरूको साथ सपोटले विद्यालयलाई राम्रो बनाउन सफल भएको बताए । उनले आगामी दिनमा विद्यालयले गर्नुपर्ने सुधारका कामहरू पनि अभिभावकले भन्नु पर्ने र सोही अनुसार अगाडि बढ्ने बताए । साथै विद्यालयको वृद्धि विकासका लागी अहोरात्र खटिने सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरे । 

धनगढी हसनपुरमा संचालनमा रहेको बिधालयले पछिल्लो समय बिद्यार्थी तथा अभिभावकको मन जित्दै आयको छ । आफ्नो २५ औ बार्षिक उत्सब कार्यक्रममा बिधालयले बिद्यार्थीहरुको प्रतिभालाई प्रस्तुत गरेको थियो । बिद्यालयका कोडिनेटर ईन्दीरा बोगटीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिद्याथी आयुस बोहोरा र प्रतिक्षा तिमिल्सेनाले गर्नु भएको थियो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु