कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

छिनोफानो   आइतबार १०, फागुन २०८२ १०:५१

धनगढी ।  सुदूरपश्चिमका दुई जिल्लामा भारतबाट भन्सार छली गरी ल्याइएका किराना सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–३ चौराह, कैलालीमा अवैध रूपमा ल्याइएको  २० हजार २५० बराबरको किराना सामान शनिबार अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो। उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी पुनर्वास नगरपालिका–११ गुम्बा पछाडि, कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी मूल्य १ लाख ५० बराबरको किराना सामान प्रहरी चौकी परासनबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद सामान सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु