राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको सपथ खाने तय भएको छ । बिहीबार पार्टीका चार शीर्ष नेताहरूको बैठकबाट यो मिति तय भएको उनी निकट स्रोतले जनाएको छ ।
संसद सचिवालयले चैत १२ गते सांसदहरूलाई सपथ खुवाउने तयारी गरेको छ । सांसदको सपथ खाएको भोलिपल्ट बालेनले प्रधानमन्त्रीको सपथ खान लागेका हुन् । बिहीबार राजधानीको एक होटलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णीम वाग्ले छलफलमा सहभागी भएका थिए ।
प्रतिनिधि सभाको सदस्यको शपथ तय भएसँगै रास्वपाका शीर्षनेता छलफलमा बसेका हुन्। आज भएको छलफलबारे जानकारी दिँदै रास्वपा उपसभापति वाग्लेले सामाजिक सञ्जालमा फोटोसहित लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’
प्रतिकृया दिनुहोस