प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण, चैत १२ गते

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ ०८:०६

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ।कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सञ्चालन हुनेछ।सचिवालयले सदस्यहरूलाई शपथ सुरु हुनुभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ।

उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य ल्याउनुपर्नेछ।औपचारिक वा राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ। साथै, मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको पाठ अनुवाद गरी कार्यक्रमभन्दा तीन दिनअघि सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु