ब्राईटवे पब्लिक स्कुलको आयोजनामा (graduation ceremony )‘स्नातक समारोह’ सम्पन्न

पवन भण्डारी   शनिबार ०७, चैत २०८२ ०४:१२

धनगढी । कैलालीको धनगढीमा रहेको ब्राईटवे पब्लिक स्कुलको आयोजनामा  (graduation ceremony )‘स्नातक समारोह’ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक कुवेर जित साउँदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै प्रअ साउँदले मन्टेश्वरी लेभल सकेका नानीबाबुहरूको उज्जवल भविष्यको कामना गर्दै विद्यालय प्रारभ्भीक चरणमा प्रवेश गरेकोमा बधाई दिनु भयो । साथै उनले आगामी दिनमा पनि आफ्ना नानीबाबुहरूको पढाई लेखाइमा अभिभावकहरूले ध्यान दिन आग्रह गर्नु भयो ।

मन्टेश्वरी लेभलका नानीबाबुहरूले प्रारम्भिक क्लासहरूमा धेरै कुरा सिक्नु पर्ने हुनाले अभिभावकले घरमा बाबुनानीहरुको पढाइमा ध्यान दिन अनुरोध समेत गरे । विगत लामो समय देखि धनगढीमा शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस विद्यालयले मन्टेश्वरी लेभल अन्तर्गत युकेजी क्लासमा अध्ययनरत नानीबाबुहरूलाई आज एक कार्यक्रमका बिच स्नातक समारोहमा सम्मान गरेको हो । 

स्नातक समारोहमा स्वागत मन्तव्य राख्दै मन्टेश्वरी प्रमुख शिक्षक कमला अवस्थीले प्रारम्भिक क्लास प्रवेश गर्नु हुने नानीबाबुको उज्जवल भविष्यको कामना गरिन । आफूहरूले मन्टेश्वरी लेभलमा रहँदा बाबुनानीहरु सँग बिताएका पलको स्मरण गर्दै अवस्थीले हामीहरू एक परिवार थियौ पारिवारिक माया थियो अझै पनि सो माया कायम रहने बताईन । 

“बाबु नानीहरू सँगको आफूहरूको बसाई निकै सुखद रहेको बताउँदै उनले भनिन् “अझै अगाडीको पढाइमा अभिभावकले निकै ध्यान दिनुहोला ।”कार्यक्रममा विद्यालयमा मन्टेश्वरी लेभल कक्षा युकेजीमा अध्ययनरत ३३ जना बिद्यार्थीहरुलाई विद्यालयका प्रअ कुवेरजित साउँदले प्रमाण प्रत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरू तथा युकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु