ईदले राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् : प्रदेश प्रमुख मियाँ

छिनोफानो   शनिबार ०७, चैत २०८२ १२:३८

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)ले राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचाराको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

इद (इद उल फित्र) २०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख मियाँले पवित्र रमजान महिनाको समाप्तिसँगै मनाइने यस पर्वले त्याग, संयम, अनुशासन र परोपकारजस्ता मानवीय मूल्यहरूको सन्देश दिने उल्लेख गरेका छन्। उनले इदले विगतका मनमुटाव बिर्सेर आपसी मेलमिलाप, सहिष्णुता र सहकापर्यको भावनालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनलेपर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, समन्वय र राष्ट्रिय एकताको भावना अझ बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु