कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा ट्रकको ठक्करबाट गोरुगाडा दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ। बुधबार राति ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि घाइते दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। अस्पतालमा चिकित्सकले सेतानु चौधरीलाई जाँच गर्दा मृत घोषणा गरेका थिए भने कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरुगाडामा बाँधिएका गोरुमध्ये एकको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको छ।
ट्रक र चालक धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस