कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
बुधबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी मूल्य रु. ५५,६५० बराबरका सामान फेला पारेको हो।
बरामद सामानमा प्याज, खाने तेल, कुर्सी तथा विभिन्न किसिमका भाँडाकुँडा लगायत रहेका छन्।
प्रहरीले उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस