मेची महाकली जागरण अभियानबारे संक्षेप

छिनोफानो   बिहिबार २५, कार्तिक २०७८ ११:२१

आम प्रवासी नेपालीहरुको आशा र भरोसा को केन्द्र बन्दै गरेको र निरन्तर सबैको ध्यान आकर्षण गर्न सफल भारत स्थित प्रवासी नेपालीहरुको एक मात्र साँझा सामाजिक संस्था “मेची महाकाली जागरण अभियान भारतले अहिले आफ्नो पाँचौँ वर्षगाँठ पूरा गर्न लागेको छ।यस सुवर्ण अवसरमा सर्वप्रथम यस संस्था का संस्थापक अध्यक्ष तथा आफ्नो सम्पूर्ण जीवन प्रवासी नेपालीहरु को सेवा र हित को लागी समर्पित गरेर सदाको लागी भौतिक संसारबाट बिदा भएर जानुहुने हाम्रो अभिभावक स्व।श्री। किशन बोहरा ज्यू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँ प्रति उच्च सम्मान प्रकट गर्न चाहान्छु।
पृष्ठभूमि बारे –
भारतमा रहेका विवश प्रवासी नेपालीहरु मानवीय र सामाजिक मर्यादा को दृष्टिले युगौं देखी दवावमा रहँदै आएका छन्। एकातिर उनीहरूलाई गल्ली गेटहरुमा चौकीदारी गर्नुपर्दा, र होटल तथा कोठीहरुमा खाना बनाउने वा भाँडा माझ्दै गर्दा बहादुर, गोर्खा,कान्छा वा पहाडी आदि शब्दहरूले होच्याइन्छ भने अर्कोतिर लामो समय भारतमा चौकीदारी गरेर,होटलको भाँडा माझेर,वा कोठीहरुमा खाना पकाएर जसोतसो दुई चार पैसा बोकेर आफ्नु देश फर्कदा समेत भारतको चौकीदार,लाहुरे,धोतीको दास वा त्यस्तै अन्य अमर्यादित शब्दहरू ले लान्छना लगाउँदै आफ्नै समाजमा पनी  उनीहरूलाई होच्याउने गरिन्छ। अर्थात भारतमा बस्दा होस वा आफ्नै समाजमा फर्किदा उनीहरूले दोहोरो हेपाई को दयनीय जीवन बाँच्नु पर्ने वाध्यता रहँदै आएको छ।

त्यसैगरी आर्थिक अवस्था न्यून भएका बेरोजगार नेपालीहरु केही पैशा कमाउन रोजगारी खोज्दै जाँदा विगतमा पुर्खाहरू कहिल्यै बर्मामा हेप्पिनु पर्यो,कहिल्यै ल्हासामा  त कहिल्यै भारतमा भने आज सम्म पुस्तौं बितिसकेको छ। सोझा,शाहसी र इमान्दार नेपालीहरु संसारभर हेप्पिने क्रम जारी छ।
इतिहाँसमा नेपालीहरु बहादुर को रूपमा चित्रित भए पनी वर्तमानमा हाम्रो स्वाभिमान गुमेको छ। परिश्रमी को रुपमा संसारभर लोकप्रिय नेपालीहरु को श्रम खेर गएको छ। अनी संसारमा इमानदारीको तक्मा हाँसिल गरेको नेपाली जातिको त्यो इमान अर्थहीन झैँ भएको तीतो अनुभूति आम नेपालीहरुमा हुनेगरेको पाइन्छ।


विशेष गरी भारतमा बस्ने सचेत नेपालीहरुले केहि फरक र नयाँ सोच्नुपर्छ। केही फरक काम गर्नुपर्छ ता कि, हाम्रो  स्वाभिमान उच्च होस। आउने पुस्ताले हाम्रो हविगत भोग्न नपरोस् एबं हामी प्रति उनीहरूले गर्व गर्न सकुन्।जसको लागी आजै बाट हामीले एउटा बाटो पहिल्याउन पर्छ, र नयाँ दिशा अँगाल्नु पर्छ भन्ने मान्यता संगै “समृद्धि को लागी श्रम गरौं, र स्वाभिमान उच्च राख्न समृद्धि हाँसिल गरौं” भन्ने मूल मर्म र भावना बोकेर जानुपर्ने आवश्यकता थियो।
उदाहरण स्वरूप यदि कुनै नेपाली नागरिकले भारतको कुनै शहर स्थित कोठीमा खाना बनाएर आफ्नु मालिकलाई खुवाए बाफत मासिक पारिश्रमिक रु ज्ञण्,ण्ण्ण्र प्राप्त गर्छ भने सोही  शिप र श्रम को स्वाद फुटपाथ स्थित सयौं ग्राहकहरुलाई  दिन सकिएमा दिन कै रु ज्ञण्,ण्ण्ण्र लाभ कमाउन सकिन्छ भने आर्थिक समृद्धि र स्वाभिमानको लागी किन एउटा रेडारठेला नथाल्नेरु अहिलेको पूँजी प्रधान विश्वमा हरेक देशको र व्यक्ति को स्वाभिमान मापन गर्ने आधार नै उसको आर्थिक स्तर भएको अवस्थामा आफ्नु काम, दाम र र धाम छ भने हाम्रो स्वाभिमान पनी कायम रहन्छ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो। तर भारतमा बस्ने नेपालीहरु संग विभिन्न क्षेत्र मा न्यून देखि उन्नत प्रकारका विभिन्न शिप र कलाहरू प्रसस्त रहेका छन्।भारतमै रहेर पनी प्राप्त शिप कला र अनुभवहरू को सदुपयोग त्यही ढंग बाट आफ्नै श्रम र स्वामित्वमा उद्यम गर्ने हो भने त्यसबाट प्राप्त हुने समृद्धि र स्वाभिमानले परिवार र समाजको लागी मात्र नभई समग्र देश को लागी अर्थतन्त्रमा योगदान हुन्छ भने देशकै स्वाभिमान उच्च हुन्छ। त्यसैले श्रम,समृद्धि र स्वाभिमान लगायतका विषय वस्तुहरू सम्बन्धी संदेश आम प्रवासी नेपाली जनमा प्रवाह गर्नुपर्छ र भारतमा बस्ने आम प्रवासीहरुमा व्यापक जागरण पैदा गर्नु पर्छ भन्ने मूल मान्यताका साथ संस्थाको आवश्यकता महसुस गर्दै आपसी छलफलहरु चलिरन्थे।


यो संस्था का संस्थापकहरु नै पनी लामो समय देखी भारतमा रहेर सानो तीनों व्यवसाय गर्दै आएका र कतिपय अरु प्रवासी नेपालीहरुले पनी न्यून देखी केही उच्च प्रकारका विभिन्न व्यापार व्यवशायहरु अँगाल्दै र सम्हाल्दै आइरहेको अवस्था थियो। तर केही न केही व्यवशायमा जोडिएका नेपालीहरु लाई हेर्दा मा, आम प्रवासी नेपालीहरुको तुलनामा व्यवसायी नेपालीहरुको संख्या नगन्य बराबर नै थियो।यद्यपि भारतमा रहेर सीमित रूपमा विभिन्न व्यापार व्यवसाय गर्दै आउनुभएका व्यवसायी नेपालीहरुमा रहेको शिप,ज्ञान र अनुभवहरू एक आपसमा शेयर र संगठित गर्दै आम प्रवासी नेपालीहरुमा उत्प्रेरणा जगाउनु पर्छ। अर्थात भारतमा बस्न बाध्य नेपालीहरुको व्यवशायिक मानसिकता को विकास गर्दै एउटा समृद्धि र स्वाभिमानको यात्रा को प्रारंभ सहित देशको समृद्धि मा महत्वपूर्ण योगदान दिनुपर्छ ।


आफ्नु देश भित्र रोजगार उपलब्ध हुन नसक्दा र दिन दोगुना रात चौगुना भने जस्तै देशमा दैनिक उपभोग्य चीज वस्तुहरूको महंगीले घाटी छोप्न थाले पछि सामान्यतः  नेपालीहरु ले आफ्नु गाउँ घर छोड्नु पर्ने वाध्यता रहँदै आएको छ।छोरी पठाउँदा र बुहारी भित्र्याउँदा लाग्ने कर्जा र खर्चा ब्यहोर्न तथा जहान बच्चाहरु को लालन पालनको लागी पैशा कमाउन सामान्य रोजगारीको खोजीमा समेत भारत लगायत अन्य मुलुकहरू धाउन पर्ने विडम्बना र बाध्यता रहँदै आएको छ।विशेष गरेर सामाजिक रूपले पुछारमा रहेका र न्यून आर्थिक अवस्था रहेका बहुसंख्यक नेपालीहरुले घर धान्न भारत भारत जानै पर्ने वाध्यता रहेको छ। गाउँघर, जहान बच्चा र परिवार छोडेर भारत आउँदा उनीहरूमा केही पैशा कमाएर घर फर्के पछि परिवारमा केही खुसी र सुख बाड्छु, साहुको कर्जा बुझाउँछु र एबम रितले छोरा छोरी पढाउँछु भन्ने स्वभाविक र पवित्र इच्छा त हुन्छ।तर भारत आएर बिस्तारै बिस्तारै त्यो इच्छा र चाहना विर्षदै एकातिर आफै विभिन्न गलत संगत,अमल,सामाजिक विकृति र कुलतमा परेर जीवन जोखिम मा पार्छन् भने अर्कोतिर चाहे र सोचे जस्तो नोकरी हुँदैन। नोकरी भए पनी मालिककै आर्थिक सामाजिक शोषणमा परेर वर्षौ बित्छ तर मनले सोचेको र घर परिवारको आवश्यकता पूरा गर्न सक्दैनन्


यसरी केही मनका इच्छा,रहर र आवश्यकताहरु पूरा गर्छु भन्दा भन्दै दिन,महिना,वर्ष र दशक बितेको पत्तै लाग्दैन।तर जीवन जस्ताको त्यस्तै हुन्छ।यही श्रृङ्खला  पूर्खौ देखि चल्दै आइरहेको छ। यहीं दुर्भाग्यपूर्ण श्रृंखला तोड्न र भारत आउन बाध्य अनी विवश नेपालीहरुलाई नयाँ समृद्धि र स्वाभिमानको मार्गमा हिंड्न उत्प्रेरणा प्रदान गर्ने मनशायले सामाजिक चेतना सहित मेची महाकाली जागरण अभियान भारत को स्थापना भएको थियो।
माथि उल्लेखित पृष्ठभूमि को आधारमा भारत बसाई का सामान भोगाइ,अनुभव र वस्तु स्थितिको समान बुझाइ भएको कारण भारत स्थित हामी केही युवाहरुको बीच लामो समय देखी अन्तरंग छलफल र अन्तरक्रियाहरु चलिरहन्थे।समाजलाई हेर्ने,बुझ्ने र बदल्ने समान दृष्टिकोण भएकै कारण ज्ञघ नोवेम्बर द्दण्ज्ञठ मा “मेची महाकाली जागरण अभियान भारत ””को स्थापना गरेका थियौं।
यो संस्था स्थापना गर्नमा लामो समय को अध्ययन,छलफल र मिहेनत लागेको छ।विभिन्न कठिनाई र संगै का केही साथीहरु ले पैदा गरेको प्रतिकूल परिस्थिति का बावजूद पनी त्यसका विरुद्ध स्वतन्त्रता,निष्पक्षता र दृढ इच्छाशक्ति प्रस्तुत गर्दै दृढ संकल्प का साथ  आदरणीय व्यक्तित्व स्व।श्री किशन बोहरा ज्यू को संयोजकत्वमा र उहाँको मुख्य पहलकदमी सहित उहाँकै निवास स्थान९हरियाणा राज्य अन्तर्गत पर्ने फरीदाबाद जिल्ला को सेक्टर द्दढ भुड्कालोनी०मा बसेर ज्ञ किशन बोहरा द्द सुरेन्द्र बोहरा घ तिलक विक द्ध प्रयाग राज भट्ट छ प्रकाश बोहरा र ट सीता थापा ज्यूहरुको संयुक्त प्रयास, र प्रतिबद्धता मा यस संस्थाको स्थापना गरेका थियौं।
यस संस्था ले आज आफ्नु पाँचौं वर्ष पूरा गर्दै छ।यस खुसीको क्षणमा हाम्रो संस्थापक र अभिभावक व्यक्तित्व हामी माँझ हुनुहुन्न।तर उहाँलाई एक पल्ट पुनःसम्झदै र उहाँको सपना सफल तुल्याउने दृढ संकल्प गर्दै यो संस्थाको संस्थापक अन्य साथीहरु,जसको यसमा दिल,दिमाग र खुब मेहनत लागेको छ सबैलाई सम्मान र नमन् गर्न चाहन्छु।
 संस्था स्थापना भए पश्चात यसको विकास र विस्तारमा आएका आरोह र अवरोहहरु एबं साथीहरुको संगठनात्मक भूमिकाहरु को बारे र संस्थाले प्रदान गरेको आज सम्म को सेवा र समर्पण वा काम काजहरु को बारेमा यहाँ उल्लेख गर्न असम्भव छ।त्यसको छुट्टै पाटो छ।जुन संस्थाको छुट्टै प्रतिवेदन स्वरूप ल्याउनु पर्ने देखिन्छ।तर म यहाँ केही नीतिगत कुराहरू को बारे संक्षेपमा राख्न चाहन्छु।


 कुनै पनी व्यक्ति समूह वा संस्थाले आफ्नु उदेश्य प्राप्त गर्नको लागी आफ्नु निश्चित कार्ययोजना र नीति बनाएको हुन्छ। र संस्था सञ्चालनको नियम र प्रक्रिया निर्धारण गरेको हुन्छ। यसै सन्दर्भमा हामीले पनी संस्थाको प्रभावकारी विकास,विस्तार एबं आफ्नु निर्धारित उदेश्य प्राप्तिको लागी सामान्य र विशिष्ट कार्ययोजना तर्जुमा गर्दै अगाडि बढ्नु पर्छ।
हाम्रो सामान्य कार्ययोजना–
दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिलेर बनेको समुहलाई संस्था वा समाज भनिन्छ। जसको आफ्नु निश्चित उदेश्य र नियम प्रक्रिया हुन्छ। संस्थाको उक्त निर्धारित नियम प्रक्रियाहरू पूरा गर्दै तत्कालीन आवश्यकताहरू पूरा गर्न ल्याइएको कार्यक्रम नै तत्कालीन वा सामान्य कार्ययोजना हो। जस भित्र तत्काल कुनै अकल्पनीय र आकस्मिक दुर्घटनामा परेका नेपालीहरुको सामूहिक उद्दार को लागी सहयोग अभियान, कुनै गम्भीर प्रकृतिका विमारीहरुको लागी आवश्यक पर्ने तत्कालीन उपचार को बन्दोबस्त मिलाउनु र विभिन्न असहाय र असक्तहरुलाई  आवश्यक सेवा र सुविधाहरु सम्बन्धी पहल गर्नु आदि इत्यादि संस्थागत कार्यहरू सामान्य वा तत्कालीन कार्ययोजना भित्र पर्दछन्।जुन हामीले हाम्रो संस्था मार्फत बेलाबखत त्यस्ता मानवीय सेवामा समर्पित कार्यक्रम र अभियानहरू सञ्चालन गर्दै आइरहेका छौं ।
विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु वा सहभागी भएर आफ्नु योजना सम्प्रेषण गर्नु,वा मनोरञ्जनात्मक सांस्कृतिक उत्सवहरु आयोजना गर्नु र आफ्नु कला संस्कृतिको रक्षा र विकासको लागी विविध कार्यक्रमहरु गर्नु वा अन्यत्र त्यस्तै कार्यक्रमहरुमा सहभागी हुनु भनेको हाम्रो संस्थाको सामान्य कार्ययोजना हुनुपर्दछ।जुन हामीले लामो समय देखी स–गौरब गर्दै पनी आएकाछौं। र कतिपय अन्यत्र समेत सहभागी भएर सहकार्य र समुन्नवय को अपेक्षा प्रकट गर्दै आएका छौं।यस्तै विभिन्न प्रकार र प्रकृतिका कार्यक्रमहरु हामीले आयोजना गर्दै जानुपर्छ ।
        
हाम्रो विशिष्ट कार्ययोजना–
भारत स्थित आम प्रवासी नेपालीहरुका दीर्घकालीन महत्वका विषयवस्तु सम्बन्धी समस्याहरू हल गर्न सम्बन्धित सरकारी निकायहरु समक्ष पहल गर्न लगाउन विभिन्न मागहरु सहित अपील गर्नु र दवावमुलक कार्यक्रमहरु को तर्जुमा सहित अगाडी बढ्नु हाम्रो विशिष्ट कार्ययोजना बन्नुपर्छ।
जस्तै हामीले हाम्रो संस्था मार्फत आम प्रवासी नेपाली नागरिकहरुको हितको लागी र जीवन सहजताको लागी सरकार समक्ष पुर्याउनै पर्ने निम्नलिखित एघार बुँदाहरू संस्थागत रूपमा अगाडि सारेका छौं।जुन हाम्रो संस्थाको विशिष्ट कार्ययोजना हो।
    
१  भारत स्थित प्रवासी नेपाली नागरिकहरुको सही तथ्याङ्क संकलन गर्न  सरकारले यथासिघ्र  पहल अगाडि बढाउनु पर्छ ।

२  नेपाल– भारत सीमा नाकाहरुमा नागरिक आवागमनको  दैनिक तथ्याङ्क संकल    प्रणाली अनिवार्य लागू गर्नुपर्छ।

३  कुनै पनी रोजगार,व्यवसाय,अध्ययन वाविविध प्रयोजनको लागी भारतमा बस्नुहुने  हरेक“ प्रवासी  नेपाली नागरिकहरु को लागी “ जीवन  सुरक्षा बीमा” को अनिवार्य व्यवस्था हुनुपर्छ।

४  विभिन्न दैवीय प्रकोपबाट वा अन्य कुनै दुर्घटनामा परेर ज्यान गुमाउनुहुने प्रवासी   नेपाली नागरिकहरुको  परिवारलाई राज्य ले मानवीय क्षति स्वरूप   आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ।
   
५ भारतमा प्रवासी नेपाली नागरिकहरुले  खप्नुपर्ने विभिन्न फौजदारी लगाएत अन्य सार्वजनिक मुद्दा मामिलाहरू को सन्दर्भमा नेपाल सरकारको  उपस्थिति एबं रहोबर वा अभिभावकत्व  कायम गरिनुपर्छ। ता कि, नेपालीहरुलाई न्यायिक सहजता प्राप्त होस ।

६  भारत वा विदेशबाट नेपाली युवाहरुले प्राप्तगरेको विभिन्न शिप, कला र अनुभवहरुको आधारमा सरकारले “प्रवासी नागरिकरोजगार योजना ”लागू गर्नुपर्छ। ता कि  देशको विकास र समृद्धि मा प्रवासी नेपाली युवाहरुको प्रत्यक्ष सहभागिता सहित  उनीहरूलाई आफ्नु योगदान को अनुभूति होस ।

७  भारत स्थित नेपालीहरूको अवस्था र आवश्यकता तथा उनीहरूलाई प्राप्त हक र अधिकारहरु समेत अन्यत्र मुलुकहरूमाभन्दा पृथक र विशिष्ट भएकोले भारत स्थित  राजदूतावासको भूमिका समेत मा आवश्यकपरिवर्तन सहित प्रवासी नागरिक अनुकूल र  विशिष्ट बनाउनुपर्छ ।

८  कोभिड लगाएत भविष्यमा  संभावित अन्य बीमारी र महामारीहरु बाट    प्रवासी नेपाली नागरिकहरुको जन धनको सुरक्षा को लागी नेपाल सरकारले आफ्नु    वैदेशिक नियोग मार्फत आवश्यक सेवा    प्रदान गर्नुपर्छ।

९  विभिन्न रोजगारीको लागी भारत आउने नेपालीहरुको आवश्यक पारिश्रमिक वा   तलब को मापदण्ड सरकारद्वारा निर्धारण    गरिनुपर्छ । अर्थात भारत स्थित नेपालीहरुले गर्ने काम काजलाई “वैदेशिक रोजगारी”सरह    परिभाषित गरिनुपर्छ।

१० देशको कुल मतदाताहरुको संख्या मध्ये  झण्डै २० देखि ३० प्रतिशत नेपाली     मतदाताहरु रोजगारको लागी भारत  लगाएत अन्य मुलुकहरूमा    रहनुपर्ने बाध्यकारी परिस्थिति विद्यमान   रहेकाले अतः प्रवासी नेपाली    नागरिकहरुलाई आवश्यक प्रक्रिया पुर्याई  सम्बन्धित मुलुकहरू बाटै भोट खसालल्न     पाउने लोकतान्त्रिक हक सुनिश्चत गरिनुपर्छ। अर्थात मुलुकको लोकतान्त्रिक    व्यवस्थालाई अझै प्रभावकारी र बढी  सहभागितामूलक बनाउन प्रवासी नेपाली     नागरिकहरु लाई मतदान  प्रक्रियामा    अनिवार्य सहभागी गराइनुपर्छ।

 

११ देशमा लामो ऐतिहासिक जनसंघर्ष तथा जनआन्दोलन को बावजूद प्राप्त“संघीय  लोकतान्त्रिक गणतन्त्र नेपाल” जस्तो नौलो व्यवस्था स्थापना भइसक्दा समेत प्रवासी नेपाली नागरिकहरुका आकांक्षाहरुको सम्बोधन हुन नसक्नु, उनीहरूको मूल समस्याको समाधान तर्फ राज्यको ध्यान जान न सक्नु र प्रवासी नेपालीहरुको  अवस्थामा कुनै पनी सुधार हुन न सक्नु एबंम  प्रवासी नेपाली      नागरिकहरु सधै अभिभावक र  प्रतिनिधित्व विहिन हुनुपर्ने अवस्था  विद्यमान रहेकाले  देशको शासन प्रणालीमा  प्रवासी नेपाली नागरिकहरुको प्रतिनिधित्व    हुने गरी आवश्यक प्रक्रिया पुर्याई ““प्रवासी समानुपातिक””कोटा सुनिश्चित गरिनुपर्छ ।

                          सुरेन्द्र बोहरा
                             संयोजक
     मेची महाकाली जागरण अभियान भारत
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु