प्रधानमन्त्री प्रचण्डले बोलाएपछि बालुवाटार पुगे केपी ओली

छिनोफानो   मङ्गलबार १८, असार २०८१ १२:०४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु