सुनको भाउ चार सय रुपैयाँले बढ्यो

छिनोफानो   सोमबार १४, साउन २०८१ १२:१८

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज चार सय रुपैयाँले बढेर तोलाको एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ताेलाकाे एक लाख ४५ हजार सात सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ ।

यस्तै चाँदीको भाउ आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु