कोशीमा एमालेले मुख्य मन्त्री सहित ५ र कांग्रेसले ४ मन्त्रालय पाउने सहमति

छिनोफानो   सोमबार १४, साउन २०८१ ०७:०४

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार गठन हुने बताएका छ्न्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग उनले संख्याको आधारमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय पाउने सहमति भएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीले अहिलेको परिस्थितिमा मन्त्रालयको संख्या नबढाउनेसमेत प्रष्ट पारे। उनले कांग्रेसले नाम दिएको आधारमा २/४ दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पारित भएर कार्यान्वयनमा गइसकेकाले बजेटको पुनरवलोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा नमिलेको बजेटलाई कानुनबमोजिम सच्याउन सकिने बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु