काठमाण्डौ उपत्यकासहित दैलेख र खोटाङमा मध्यम वर्षा, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०६:५३

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दैलेखमा ५० दशमलव ५ मिलिमिटर पानी परेको छ ।

यस्तै खोटाङको ऐसेलुखर्कमा ३९ दशमलव ७ मिलिमिटर, पानी परेको छ । काठमाण्डौको कपन र बबरमहल क्षेत्रमा पनि मध्यम वर्षा भएको छ । यस्तै ललितपुरको गोदावरी क्षेत्रमा पनि मध्यम वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने भएकाले विभिन्न क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु