गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

छिनोफानो   शुक्रबार १८, साउन २०८१ ०१:१९

काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा रहेको गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपाली नागरिकले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

यसरी ग्लोबल रेमि मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सबै शाखा कार्यालय तथा नेपाल भरी रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार रुपैयाँभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

साथै सम्झौता अनुसार कतारमा रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा रेमिटेन्स पठाउन सक्नेछन् ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु