आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

छिनोफानो   आइतबार २०, साउन २०८१ ०७:३०

काठमाण्डौ – आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण देशभर आँशिकदेखि सामान्य बदली रही धेरै ठाउँमा सामान्य वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यस्तै आज राति पनि कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

अहिले देशका धेरैजसो ठाउँमा साधारणतया बदली रहेर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा सामान्य वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु