आईएमई पे' मा पैसा पठाउँदा १ हजार रुपैयाँसम्म क्यासब्याक

छिनोफानो   सोमबार २१, साउन २०८१ ०५:५०

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यथावत् रहिरहेको 'आइएमई गरौँ, करोडपति बनौँ' योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख रुपैयाँबाहेक अब हरेक कारोबारमा समेत क्यासब्याक अफर सार्वजनिक गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु