सुनकाे भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार रुपैयाँ

छिनोफानो   सोमबार २१, साउन २०८१ ११:४२

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । हिजो दुई सय रुपैयाँ घटेको सुन आज तोलामा तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम हो ।

त्यस्तै आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ आज पनि हिजो जस्तै तोलाको एक हजार सात सय ८५ रुपैयाँ  रहेकाे महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु