बंगलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

छिनोफानो   मङ्गलबार २९, साउन २०८१ ०३:३३

बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ। यो बंगलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर रहेको बंगलादेशको तथ्यांक विभाग (बिबिएस)ले जनाएको छ।
 
मुख्यतया खाद्यान्नको मूल्यवृद्धिका कारण मूल्यवृद्धिदर अस्वाभाविक रूपमा बढेको हो। गत जुनमा मूल्यवृद्धिदर ९.७२ प्रतिशत रहेको बिबिएसको तथ्यांकले देखाएको छ।

बिबिएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो।

यसैगरी, जुनमा पनि खाद्य मूल्यवृद्धिदर १०.४२ प्रतिशत थियो। गैरखाद्य पदार्थको मूल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८  प्रतिशत पुगेको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष  ०२३/२४ मा देशको औसत मूल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ, जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०२२/२३ मा बंगलादेशको मूल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु