सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो

छिनोफानो   शुक्रबार ३२, साउन २०८१ ०२:३४

काठमाण्डौ – हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अस्ति जस्तै तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी २० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु