घुस नदिइकन कामै बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा कस्ले भनिदिने ? : सञ्चारमन्त्री गुरुङ

छिनोफानो   शनिबार २०, पुष २०८१ ०२:०२

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताउनुभएको छ । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र खान दिन्न भनेपछि आम मानिस घुस दिँदा हैरान भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलेले ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न’ भने पनि नागरिकले घुस नखुवाइकन सजिलैसँग सरकारी सेवा नपाएको मन्त्री गुरुङको भनाइ छ । देशमा भ्रष्टाचार र घुस दिनुको पीडा नागरिकलाई मात्रै थाहा भएको र यो पीडा प्रधानमन्त्रीलाई थाहा नभएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

‘घुस दिनुको पीडा जनतालाई थाहा छ नी, ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुुस खाएँ भनेर भन्न कसैले आउँदैन । जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन । सामान्य मान्छेले प्रधानमन्त्रीलाई भेट्नै पाउँदैन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री जिल्लातिर गएको बेला पनि कार्यकर्ताले घेरेर राख्ने र नागरिकले समस्या राख्नै नपाउने समस्या रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु