पवन भण्डारी,धनगढी । योजना हाल्छु भन्दै पैसा लिएर अछामका एक बिद्यार्थी नेता तिन बर्ष देखि सम्पर्क बिहिन बनेका छन । जिल्लाको साफेबगरनगरपालिका बाब्ला घर भएका बिद्यार्थी नेता मिन बाब्लीले तिन बर्ष अगाडी देखि नै योजना हाल्छु भन्दै पैसा लिएको तर हाल सम्म पनि पैसा रिटन नगरेको पिडीतहरुले बताएका छन ।
सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री झपट बहादुर साँउदको सचिवायमा समेत रहेर काम गरेका बाब्लीले अछामका बिभिन्न ठाँउका नागरिकहरु लाई फरक फरक बहानामा पैसा माग्दै खाने गरेको खुलेको छ ।
बाब्लीले २०७९ सालको चुनाँब अगाडी नै सके कुनै काम गरौला नसके ब्याज सहित पैसा रिटन गर्नु अहिले पार्टिलाई पैसाको आवश्यक परेको भन्दै आफु सँग रु ३ लाँख रुपैया लिएको अछामको साँफेबगर न पा घुघुरकोट निवासी नाम नखोल्ने सर्तमा एक जनाले बताए ।
हामी चुनाँबमा जादैछौ पैसा छैन अहिले सहयोग गर्नुस भन्नु भयो पछि ब्याज सहित फिर्ता गर्छु भनेर लिएको ३ लाँख हाल सम्म पनि फिर्ता नगरेको उनले बताए । आफुलाई बाब्लीले पटक पटक पैसा हाल्छु भन्दै झुक्याउने गरेको बताउदै उनले भने अब त अत्ती भयो भने चेक सहित बैकंमा समेत मुद्धा दर्ता गरे तर अहिले सम्म कुनै सुनुवाई नै भएको छैन । बाब्लीले अछाम रामारोशनका दुई जना बाट समेत करिब ३ लाँख पैसा बाख्रा फारममा अनुदान मिलाई दिने भन्दै लिएको र हाल सम्म पनि फिर्ता नगरेको पिडितहरुले गुनाँसो गरेका छन ।
आफुहरु सोझा पर्यौै अनुदान हाल्छौ म मन्त्रीको सचिवालयमा काम गर्छु भन्दै बिभिन्न आश्वासन दियोृ हामीले पैसा दियौ अहिले सम्म सम्पर्कमा नै छैन उनले भने । रामारोशनका दुई जनालाई पनि बाब्लीले गत श्रावणमा साट्न भन्दै चेक दिएका थिए । तर सुतारबाट चेक साट्न साफे पुगदा बाब्लीको खातामा पैसा नरहेको पिडितहरुको गुनाँसो छ । यो बिषयमा अनेरास्युका बिद्यार्थी नेता मिन बाब्ली लाई बुझ्दा आफुले पैसा लिएको स्विकार गरेका छन ।
आफुले योजना हाल्छु भन्दै पैसा नलिएको र उनिहरु बाट सापटी मागेको बताए । तर बाब्लीले आफुले आज भोली नै पिडितको पैसा जम्मा गर्ने भन्दै पटक पटक दुनियाँलाई ठग्दै आईरहेका छन । बाब्लीले अछाम साँफेवगरका कतिपय ब्यापारीहरु बाट समेत पैसा लिएर सम्पर्क बिहिन भएको बताईन्छ ।
प्रतिकृया दिनुहोस