धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनचाँदी व्यवसायीका मागहरु सम्बोधन गर्ने बताएका छ्न ।
आइतबार सुनचाँदी व्यवसायी संघ कैलालीले धनगढीमा प्रधानमन्त्री ओलीलाई भेटेर विभिन्न १५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका थिए ।
सोही क्रममा प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताउँदै माग सम्बोधन गर्न आफूले पहल गर्ने बताए ।
ज्ञापनपत्र बुझाउँदै सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले बर्षेनी राज्यलाई अरबौं रुपैयाँ राजस्व बुझाउने व्यवसायीका समस्याप्रति राज्य गम्भीर नहुँदा व्यवसाय नै धरापमा पर्दै गएको गुनासो राखेका थिए ।
ज्ञापनपत्र सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनार, सचिव प्रकाश भण्डारी , संघका प्रदेश उपसभापति अर्जुन गहतराज ,सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरियाका अध्यक्ष रामविक्रम सिजापती ,व्यवसायी योगेश सदासंकर सहितको टोलीले बुझाएको थियो ।
प्रतिकृया दिनुहोस