राजतन्त्र स्थापनाको कुरा हल्ला मात्रै हो : सभापति देउवा

छिनोफानो   सोमबार २६, फागुन २०८१ ०२:२१

धनगढी  । नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताउनुभएको छ । सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुग्नुभएका सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले काठमाडौंमा राजसंस्था पक्षधरहरूले निकालेको र्‍यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा महोल सिर्जना हुँदैछ भन्ने हल्लामात्र भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो , “राजतन्त्रको विषयमा मलाई थाहा छैन, अनावश्यक हल्ला हो, मलाई के केही थाह छैन ।’’ यस्तै उहाँले नेपालको आन्तरिक राजनितिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पस्ट पर्नुभयो । 

यस्तै सभापति देउवाले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा आफू क्रियाशिल रहने बताउनुभयो । सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, ससांक कोइरालालगायतका नेताहरू आज धनगढी आउनुभएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु