सरकारले बढायो दुईपांग्रेमा लाग्ने कर, बाइक-स्कुटरको भाउ बढ्ने

छिनोफानो   शनिबार २६, भदौ २०७८ १२:३९

शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत् दुईपांग्रे सवारी साधनको कर बढाएको छ।

विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकल/स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो।५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ।

अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ।

नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन्। त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि भाउ बढ्नेछ।८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर, १०० प्रतिशत कायम छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु