काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेससहितका सत्ताधारी दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको बताउनुभएको छ ।
नयाँ बानेश्वरमा आज साेमवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले दर्ता भएको महाअभियोको प्रस्ताव गलत भएको र स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा यसलाई बुझ्न सकिने बताउनुभएको हो । सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रस्ताव दर्ता हुनुमा गम्भीर षड्यन्त्र लुकेको हुन सक्ने उहाँकाे भनाइ छ ।
बैठकमा अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा एमालेले हतार र उत्तेजनामा निर्णय नगर्ने बताउनुभएको छ ।
यस्तै एमालेले पनि चार जना न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने हल्ला चलिरहेको विषयलाई लक्षित गर्दै अध्यक्ष ओलीले एमालेले हतारमा नभइ सुझबुझपूर्ण निर्णय गर्ने बताउनुभएको नेता घनश्याम भुसालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस