‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ । धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका ८ वटा विधामध्येको स्पेशल अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो ।
प्रायोजन सम्बन्धी सम्झौता पत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष हरि जोशीले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिदैं डाक्टर निराजनदत्त शर्मा पौडेलले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफुहरु पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहदैं आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरुलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए ।
कैलालीको धनगढी स्थित गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा। निराजन दत्त शर्मा पौडेल लगायतका विभिन्न विशेषज्ञ चिकित्सकहरुले सेवा दिदै आएका छन् ।
डाक्टर पौडेलका साथै वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा। मधुसुधन घले ९गुरुङ्ग०, वरिष्ठ दन्त शल्य चिकित्सक डा। शर्मिला कोइराला र डा। रकिल रिमाल लगायतले गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होममा स्वास्थ्य सेवा दिदै आएका छन् ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।
त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।
विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतिकृया दिनुहोस