कञ्चनपुरका विभिन्न स्थानबाट करिब ४ लाख बराबरका अवैध सामान बरामद

छिनोफानो   मङ्गलबार ०५, फागुन २०८२ १२:५९

कञ्चनपुर: जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ। भीमदत्त नगरपालिका–३ ब्रह्मदेव, वडा नं। ४ बसपार्क क्षेत्र तथा वडा नं. ११ गड्डाचौकीबाट अन्दाजी मूल्य रु. ३ लाख ७० हजार ८ सय १० बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार उक्त सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सामग्रीमा मिठाई बनाउने कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, हार्डवेयर सामग्री तथा किराना सामानहरू रहेका छन्। उक्त सामान भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको आशंकामा आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु