आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

छिनोफानो   मङ्गलबार ०५, फागुन २०८२ ०२:३२

काठमाण्डौ – आज सुनको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ६० रुपैयाँ थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु