कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको समेतबाट खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो ।
दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै सामाजिक सञ्जालमा चुनौती दिँदै आएपनि पनि पक्राउ पर्न सकेका थिएनन् ।
पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा अमरावती सामुदायिक जंगलमा शव फेलापरेको थियो।
प्रतिकृया दिनुहोस