यहि बैसाख ३० को स्थानीय तह निर्वाचनका लाथि दार्चुलामा गठबन्धन दलबीच उम्मेदवारहरुको भागबण्डा मिलेको छ । शनिबार राति पत्रकार सम्मेलन गरी ५ पालिका प्रमुख, ७ उपप्रमुखसहित ४६ वडामा कांग्रेस र ४ पालिका प्रमुख २ पालिका उपप्रमुखसहित १५ वडामा माओवादीबाट उम्मेदवार बनाउने सहमति भएको छ ।
कांग्रेस र माओवादी केद्र सम्मेलित गठबन्धनले संयुक्त पत्रकार सम्मेलन गरी भागण्डाबारे जानकारी दिइ गठबन्धनका संयोजक एवंं कांग्रेस सभापति ललितसिंह बोहराका अनुसार सत्तारुढ अन्य दलहरुका उम्मेदवारलाई वडाहरुमा समेट्ने सहमति भएको जानकारी दिए । उनका अनुसार कांग्रेसले ब्यास गाउँपालिकामा अध्यक्षसहित ६ वटै वडाअध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पाउने सहमति छ । दुहुमा अध्यक्ष, उपाध्यक्षसहित चार वडा अध्यक्ष कांग्रेस र माओवादीले एक वडा अध्यक्ष पाउने सहमति छ ।
त्यस्तै कांग्रेसले महाकाली नगरपालिकामा नगर प्रमुख र उपप्रमुखसहित आठ वटा वडा अध्यक्ष र माओवादीले एक वडा अध्यक्ष पाउने सहमति जुटेको छ । मालिकार्जुनमा कांग्रेसले ६ वडाध्यक्षसहित अध्यक्ष र माओवादीले दुई वडाध्यक्षसहित उपाध्यक्षमा उम्मेदवारी दिने छन् ।
शैल्यशिखर नगरपालिकामा प्रमुख उपप्रमुखसहित ७ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष माओवादी केन्द्रले पाउने छ । लेकम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रले पाउने र कांग्रेसले उपाध्यक्षसहित ६ वडाध्यक्षमा उम्मेदवारी दिने छन् । मार्मा गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षसहित ४ वडाध्यक्ष र कांग्रेसले दुई वडाध्यक्षसहित उपाध्यक्षमा सहमति भएको छ ।
त्यसैगरी अपिहिमाल गाउँपालिकामा माओवादीले तीन वडाअध्यक्षसहित पालिका अध्यक्ष र कांग्रेसले उपाध्यक्षसहित तीन वडाध्यक्ष पाएको छ । नौगाड गाउँपालिकामा माओवादीले पालिका अध्यक्षसहित २ वडाध्यक्ष र कांग्रेसले उपाध्यक्षसहित चार वडाध्यक्षमा उम्मेदवारी दिने सहमति जुटेको कांग्रेस सभापति बोहराले जानकारी दिए ।
समाजवादीलाई केही वडा सदस्य दिएर कार्यपालिकामा ल्याउने र जनमोर्चालाई पनि एकरदुई वडाध्यक्षहरुमा समेटेर कार्यपालिकामा ल्याउने सहमति भएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक एवंं सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामीले बताए ।
प्रतिकृया दिनुहोस